बकैया ठाकुर माविले माग्यो अंग्रेजी र विज्ञान शिक्षक

हिमाल प्रेस ३१ भदौ २०८१ १६:४० | Monday, September 16, 2024
बकैया ठाकुर माविले माग्यो अंग्रेजी र विज्ञान शिक्षक

काठमाडौँ- बाराको निजगढ नगरपालिका-८ बकैया ठाकुर माध्यमिक विद्यालयले अंग्रेजी र विज्ञान विषय शिक्षक पदपूर्तिका लागि आवेदन खुलाएको छ।

विद्यालयले सोमबार अनुदान कोटामा शिक्षक पदपूर्तिका आवेदन खुलाएको हो। विद्यालय व्यवस्थापन समितिको सोमबारको निर्णयाअनुसार उक्त तहका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सकिने बताइएको छ।

दुवै विषयका लागि एक‍-एकजना माग गरिएको विद्यालयद्वारा जारी सूचनामा उल्लेख छ। शैक्षिक योग्यता अंग्रेजी र विज्ञान विषय लिई स्नातक तह उत्तीर्ण हुनुपर्ने बताइएको छ।

त्यसैगरी विद्यालयले तलब प्रचलित कानुन अनुसार हुने बताउँदै निवेदनका लागि दस्तुर दुई हजार रुपैयाँ लाग्ने उल्लेख छ। परीक्षा लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन हुनेछ। दरखास्त दिने अन्तिम मिति असोज १४ गतेसम्म रहेको जनाइएको छ।

विद्यालय प्रशासनमा बिहान १० देखि ४ बजेसम्म दरखास्त दिन सकिने र शैक्षिक योग्यताको प्रतिलिपी, नागरिकताको प्रतिलिपी र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी दरखास्त साथ बुझाउनुपर्ने विद्यालयले जनाएको छ।

प्रकाशित: ३१ भदौ २०८१ १६:४० | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast