बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएका कलेजमा नै इन्टर्नसीप गर्नुपर्ने

हिमाल प्रेस २७ भदौ २०८१ १०:४२ | Thursday, September 12, 2024
बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएका कलेजमा नै इन्टर्नसीप गर्नुपर्ने फाइल तस्बिर

 काठमाडौँ- बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसीप पूरा गर्नुपर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो। मन्त्रालयले एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीले तोकिएको कलेजमा नै इन्टर्नसीप पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘बंगलादेशमा सुरक्षाको असहज अवस्थाका कारण स्वदेश फर्किएको र निजहरूले आफ्नो बाँकी रहेको अवधिको इन्टर्नसीप कार्यक्रम नेपालमा नै पूरा गराउन सकिने, नसकिने सम्बन्धमा परराष्ट्र मन्त्रालयसमक्ष लेखी पठाइएकोमा ढाकास्थित नेपाली राजदूतावासमार्फत बंगलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा व्यहोरा उल्लेख गरी परराष्ट्र मन्त्रालयको चलानी नम्बर एसए वान १८४०, मिति २०८१/०५/१७ को पत्रबाट लेखी आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

यस्ताे छ सूचना

प्रकाशित: २७ भदौ २०८१ १०:४२ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast