प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन

हिमाल प्रेस ३ असोज २०८१ १५:२० | Thursday, September 19, 2024
प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम सर्वसम्मत र केहीको बहुमतका आधारमा अनुमोदन गरेको हो। सुनुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले प्रस्ताविक केही नामको विषयमा फरक मत राखेका थिए।

अर्यालले धनप्रसाद पण्डित, कपिलमान श्रेष्ठ र नेत्रप्रसाद तिम्सिनामाथि फरक मत राखे। अधिकारीले शंकर शर्मा, पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत राखे। समितिले फरक मतसहित नै अनुमोदन गरेको हो।

समितिमा १७ जनाको प्रस्ताव गरिएको थियो। श्रीलंकाको लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको अनुमोदन भने भएन। उनको कागज नपुगेका कारण अनुमोदन नभएको समितिले जनाएको छ। भट्टराईको कागज मगाइएको छ। भट्टराईको कागज आएपछि सुनुवाइ गर्ने समितिले जनाएको छ।

समितिले चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई अनुमोद गरेको छ।

त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शनलाई अनुमोदन गरेको हो।

 

प्रकाशित: ३ असोज २०८१ १५:२० | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast