प्रबुद्ध मावि ओखलढुंगाका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता

हिमाल प्रेस ३१ भदौ २०८१ १७:३० | Monday, September 16, 2024
प्रबुद्ध मावि ओखलढुंगाका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा। तस्बिर रुटिन अफ ओखलढुंगा बन्द फेसबुक पेजबाट।

काठमाडौँ- प्रबुद्ध माध्यमिक विद्यालय ओखलढुंगाका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता भएका छन्। खतिवडाका दाइ हीराराजले मधु भदौ २१ गते शुक्रबारदेखि बेपत्ता भएको जानकारी दिए।

हिराराजले हिमालप्रेससँग भने, ‘यही भदौ २१ गते बिहान विद्यालय जान्छु भनेर निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन भएका छन्। उनको मोबाइल स्विच अफ छ।’

विद्यालयको कामले भदौ १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लहानमा गएको निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ। सूचनामा पारिवारिक भेटघाटका लागि काठमाडौँ पुगेर २१ गते बिहान विद्यालय जान्छु भनी परिवारसँग बिदा भएका मधु त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ।

विद्यालयले प्रधानाध्यापक मधुको खोजीका लागि प्रशासन, जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत सबैलाई अनुरोध गरेको छ। साथै मधुलाई जोकोहीले देखे सम्पर्कका लागि फोन नम्बर उपलब्ध गराएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रप्रसाद अधिकारीको मोबाइल नम्बर ९८५२८४०२४२, वडाअध्यक्ष चेतबहादुर कटवालको मोबाइल नम्बर ९८६२८४८२०३ र निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतको मोबाइल नम्बर ९८६३५४०३९३ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित: ३१ भदौ २०८१ १७:३० | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast