प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस ४ असोज २०८१ २०:०८ | Friday, September 20, 2024
प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा दुवै जनाबीच भेटवार्ता भएको हो।

दुवै जनाबीच भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ४ असोज २०८१ २०:०८ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast