प्रधानमन्त्री ओलीले दिए महासभा अध्यक्ष फिलेमोनलाई नेपाल भ्रमणको निम्तो

हिमाल प्रेस ११ असोज २०८१ ७:५४ | Friday, September 27, 2024
प्रधानमन्त्री ओलीले दिए महासभा अध्यक्ष फिलेमोनलाई नेपाल भ्रमणको निम्तो

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेका हुन्।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए। रासस 

प्रकाशित: ११ असोज २०८१ ७:५४ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast