केपी ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी ४ असोजमा संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका छन्। ‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने।
प्रकाशित: ३१ भदौ २०८१ १४:३९ | Monday, September 16, 2024
प्रतिक्रिया




