प्रदेश सरकारलाई हटाउने होइन, बलियो बनाउनुपर्छ : शेरबहादुर देउवा

हिमाल प्रेस १ असोज २०८१ १७:३० | Tuesday, September 17, 2024
प्रदेश सरकारलाई हटाउने होइन, बलियो बनाउनुपर्छ : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई मजबुद बनाउनका लागि संविधान संशोधन गर्न सकिने बताएका छन्।

संविधान दिवसको सन्दर्भमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको कानुन विभागले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रको खिलापमा नभई प्रजातन्त्रलाई मजबुद बनाउनका लागि हुने बताएका हुन्।

कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरु भएकाले कुनै शंका नगर्न उनले आग्रह गरे। त्यस्तै देउवाले प्रदेश संरचनालाई हटाउन नसकिने भन्दै यसलाई अझ बढि उत्तरदायि बनाउनुपर्नेमा जोड दिनुभयो। उहाले समानुपातीकका बिषयमा प्रश्न उठेपनि समावेशीताको खिलापमा जनमत नरहेको धारणा  राखे।

कतिपय समुदाय आफैँ चूनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको उनले बताए।

प्रकाशित: १ असोज २०८१ १७:३० | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast