प्रजातन्त्रबिना तानासाहहरू जन्मने खतरा हुन्छ : देउवा

हिमाल प्रेस २५ भदौ २०८१ २०:०५ | Tuesday, September 10, 2024
प्रजातन्त्रबिना तानासाहहरू जन्मने खतरा हुन्छ : देउवा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रबिनाको समाजवाद अधुरो रहने बताएका छन्। बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित ‘बीपीको समाजवादीः आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रबिना समाजवाद सफल नहुने र तानासाहहरू जन्मने खतरा हुने बताएका हुन्।

उनले विश्वमा नै प्रजातन्त्रलाई जोड्ने भनेकै समाजवाद भएको जिकिर गरे। देउवाले कांग्रेसलाई बीपिको सिद्धान्त र विचारका आधारमा अघि बढाउनुपर्नेमा समेत जोड दिए। बीपीको राजनीतिक तथा साहित्य जीवनीलाई व्यापक बनाउनुपर्ने उनले बताए।

कार्यक्रमका सहभागीहरूले बीपीको राजनीतिक तथा साहित्यिक यात्रा र विचारको चर्चा गरेका थिए।

प्रकाशित: २५ भदौ २०८१ २०:०५ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast