 
                             
                                            काठमाडौँ- भोजपुरका प्रकाश तामाङ ‘काले’ले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने चाहना राखेपछि बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिरसहितको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि।’
तामाङले केही दिनअघि नागरिकता प्रमाणपत्र पाएका थिए । भेटका क्रममा तामाङले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए।
                            प्रकाशित: १८ भदौ  २०८१ ६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 