‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत ‘दाहिने हातैमा’

हिमाल प्रेस १३ असोज २०८१ १६:४६ | Sunday, September 29, 2024
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत ‘दाहिने हातैमा’

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘दाहिने हातैमा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। रोजीरोटीका लागि गाउँगाउँ डुलेर सारङ्गी रेट्दै गन्धर्वले सुनाउने कथालाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर छ।

गीतको भिडियोमा फिल्मका कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, र देशभक्त खनाललगायतका कलाकार गाउँमा गीत गाउँदै गरेको देखाइएको छ। यसअघि काँधेकुरी बाेलकाे गीत सार्वजनिक गरिएकाे थियाे।

महेश दवाडीले पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्म कार्तिक १५ गते प्रदर्शन हुनेछ। सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।

प्रकाशित: १३ असोज २०८१ १६:४६ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast