पहिलो टेस्टमा भारतसँग बंगलादेश २८० रनले पराजित

हिमाल प्रेस ६ असोज २०८१ १५:३९ | Sunday, September 22, 2024
पहिलो टेस्टमा भारतसँग बंगलादेश २८० रनले पराजित

काठमाडौँ- बंगलादेशविरूद्धको पहिलो क्रिकेट टेस्टमा भारतले जित हासिल गरेको छ। चेन्नईको चेपोक मैदानमा बंगलादेशलाई २८० रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले पहिलो टेस्ट जितेको हो।

एक दिनअगावै भारतलाई जित दिलाउन अलराउन्डर रविचन्द्रन अश्विनले निर्णायक भूमिका खेले। पहिलो इनिङमा ब्याटिङ गरेर शतक बनाएका अश्विनले बंगलादेशका ६ खेलाडीलाई आउट गरे।

योसँगै उनले टेस्ट क्रिकेटमा ३७ पटक पाँच विकेट लिएर अस्ट्रेलियाका दिवंगत खेलाडी शेन वार्नसँग बराबरी गरेका छन्। अश्विन ‘प्लेयर अफ द’ म्याच घोषित भए।

भारतीय टिमले बंगलादेशलाई दोस्रो इनिङमा २३४ रनमा अलआउट ग¥यो। जितका लागि ५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमा अलआउट भयो।

भारतका लागि रवीन्द्र जडेजाले ३ र जसप्रीत बुमराहले १ विकेट लिए। भारतले पहिलो इनिङमा ३७६ रन बनाएको थियो। जवाफमा बंगलादेश १४९ रनमा अलआउट भयो।

त्यसपछि दोस्रो इनिङमा भारतीय टिमले २८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो।

प्रकाशित: ६ असोज २०८१ १५:३९ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast