पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

हिमाल प्रेस २८ भदौ २०८१ ८:०८ | Friday, September 13, 2024
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा- बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्।

तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्णरूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षितरूपमा यात्रा गर्न आग्रह गरेको छ। गएरातिदेखि हुरी र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

प्रकाशित: २८ भदौ २०८१ ८:०८ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast