पहिरोले भियतनामको गाउँमा ठूलो क्षति

हिमाल प्रेस २६ भदौ २०८१ १३:०६ | Wednesday, September 11, 2024
पहिरोले भियतनामको गाउँमा ठूलो क्षति तस्बिर : एएफपी

हनोई- विनाशकारी चक्रवात ‘यागी’ पछिको वर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

पहिरोमा परी लाङ नु गाउँका कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ७३ जना अझै बेपत्ता रहेका सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी  समाचारमा उल्लेख गरिएको छ।

अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन्। लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन्।

भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानकाे भनाइ छ,‘यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो।पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ। हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो।’

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो। नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएको छ।

हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन्। भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ। यो तथ्यांकमा मंगबारको पहिरो पीडितको संख्या समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन।

म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ।

दक्षिणपूर्वी एसियाले वार्षिक भारी मनसुनी वर्षा अनुभव गर्दछ तर प्रकृतिमा मानवीय हस्तक्षेपले निम्त्याएको जलवायु परिवर्तनले अधिक तीव्र मौसमी परिवर्तन निम्त्याएको छ जसले विनाशकारी बाढीको सम्भावना बढाउन सक्छ।

प्रकाशित: २६ भदौ २०८१ १३:०६ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast