पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

हिमाल प्रेस ३० भदौ २०८१ २१:४३ | Sunday, September 15, 2024
पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध फाइल तस्बिर।

लमजुङ-अविरल वर्षापछि पहिरो जाँदा डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। आइतबार साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुंगा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताए। सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुंगा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उनको भनाइ छ।

यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताए। यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ।

प्रकाशित: ३० भदौ २०८१ २१:४३ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast