 
                             
                                            काठमाडौँ- नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयबाट नियुक्तिपत्र लिएपछि उनले भने, ‘आगामी कार्यकाल नतिजामुखी बनाउन लाग्नेछु।’
बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो। जोशीले सन् २०१५–२०२० सम्म बोर्डको सीईओका रुपमा काम गरेका थिए।
बोर्डले नयाँ सीईओ पाइसकेपछि पर्यटन क्षेत्र उत्साहित भएको उल्लेख गर्दै सचिव डा. पाण्डेयले जोशीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिएका थिए।
                            प्रकाशित: २१ भदौ  २०८१ २०:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![महिला गाइडलाई उद्धार तालिम [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/03/resque-training-2.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 