पर्यटनमन्त्री पाण्डे फेरि भने : काम गर्न नसके पद ओगटेर बस्दिनँ

हिमाल प्रेस ११ असोज २०८१ १४:०४ | Friday, September 27, 2024
पर्यटनमन्त्री पाण्डे फेरि भने : काम गर्न नसके पद ओगटेर बस्दिनँ पर्यटनमन्त्री बद्री पाण्डे । फाइल तस्बिर

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसकेको दिन आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। शुक्रबार अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू काम गर्न आएको र काम गर्न नसके पद ओगटेर नबस्ने बताएका हुन्।

‘हामी जोजो जुन जुन ठाउँमा छौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन,’ उनले भने, ‘कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ।’

मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए।

त्यसो त, मन्त्री पाण्डेले काम गर्न नसके पद छाड्ने घोषणा गरेको यो पहिलो पटक भने होइन। गत असार ३१ गते मन्त्री पदको शपथ लिएको केही दिनमै मन्त्री पाण्डेले काम गर्न नसके पदमा नबस्ने बताएका थिए। ३ महिनापछि फेरि पाण्डेले सोही कुरा दोहोर्‍याएका हुन्।

प्रकाशित: ११ असोज २०८१ १४:०४ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast