नौकुण्ड गाउँपालिकामा विद्यालय कर्मचारीको नयाँ कार्यसमिति

हिमाल प्रेस ३० भदौ २०८१ १७:०८ | Sunday, September 15, 2024
नौकुण्ड गाउँपालिकामा विद्यालय कर्मचारीको नयाँ कार्यसमिति

काठमाडौँ- नौकुण्ड गाउँपालिका रसुवामा नेपाल विद्यालय कर्मचारी परिषद्मा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएकाे छ। अष्टमान ढुंगेल नेतृत्वमा नयाँ कार्यसमिति बनाइएकाे हाे। प्रथम नैकुण्ड गाउँपालिका विद्यालय कर्मचारी परिषद् भेलाबाट उनीहरू सर्वसम्मत चुनिएका हुन्।

अध्यक्षमा अष्टमान ढुंगेल, उपाध्यक्षमा कालु थोक्रा, महिला उपाध्यक्षमा कृष्ण कुमारी घले, सचिवमा सानुमाया मोक्तान, कोषाध्यक्षमा सुनिता, सहसचिवमा बुद्धि तामाङ रहेका छन्।

त्यसैगरी सदस्यमा पेमा बुद्धि तामाङ, छिरिङ वाङ्देल थोक्रा, कार्वो शेर्पा तामाङ, सन्च माया पख्रेल, तेन्जिङ थोक्रा रहेका छन्।

निर्वाचन प्रक्रियामा नेपाल शिक्षक महासंघका धीरज घले, नेपाल शिक्षक संगठनका प्रतिनिधि सुशीला न्यौपाने र विद्यालय कर्मचारी परिषद् जिल्ला अध्यक्ष सूर्यबहादुर तामाङले भूमिका खेलेका थिए।

भेलाले स्थानीय तहसँग समन्वय गरेर विद्यालय कर्मचारीको विवरण अद्यावधिक गर्ने, सो विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा पठाउने, विद्यालय कर्मचारीको संचित बिरामी बिदा सम्बन्धित निकायबाट प्रमाणित गराउने, भदौ मसान्तसम्म सदस्यहरू नवीकरण गर्ने र सो बापतको लेवी तथा नामावलीसहित राष्ट्रिय समितिमा पठाउने, विद्यालय समायोजन भई विद्यालय कर्मचारीको पदस्थापन, तलब आदि समस्या रहे तत्काल जिल्ला कार्यसमितिमा विवरण पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित: ३० भदौ २०८१ १७:०८ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast