नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान

हिमाल प्रेस ४ असोज २०८१ १८:१६ | Friday, September 20, 2024
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान

काठमाडौँ– नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप’ अभ्यास हुनेभएको छ। उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ। उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, प्रतिआतंकवादलगायतका विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: ४ असोज २०८१ १८:१६ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast