विदेश अध्ययनका लागि त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गर्दै युवक। फाइल तस्बिर : हिमाल प्रेस
काठमाडौँ- पछिल्लो दुई महिनामा नेपाल आउने पर्यटकबाट भएको आम्दानीभन्दा विदेशीने नेपाली पाँचगुणा बढी खर्च गरेका छन्।
राष्ट्रबैंकको पछिल्लो तथ्यांकअनुसार साउन र भदौमा नेपाल आएका विदेशीमार्फत चार अर्ब ७६ करोड आम्दानी भएको छ। यसअघिको भन्दा भ्रमण आय ८.१ प्रतिशतले बढेको देखिन्छ।
व्यय भने २२ अर्ब ५० करोड रुपैयाँ पुगेको हो। योमध्ये शिक्षातर्फमात्रै १४ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको देखिन्छ।
अघिल्लो वर्षको यही अवधिमा भ्रमण व्यव १७ अर्ब अर्ब रहेको थियो भने शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको थियो।

प्रकाशित: १० असोज २०८१ १७:०१ | Thursday, September 26, 2024
प्रतिक्रिया




