ओली स्वदेश फर्किँदै

हिमाल प्रेस १४ असोज २०८१ ७:०१ | Monday, September 30, 2024
ओली स्वदेश फर्किँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान गरेका छन्।

उनी आज (आइतवार) अमेरिकाबाट स्वदेश फर्कन कतारको दोहातर्फ प्रस्थान गरेका हुन्। उनी दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्।

यही असोज ४ गते अमेरिका गएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेशका लागि उडेका हुन्।

महासभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग उनले भेटघाट गरेका थिए। यसबीच नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ।

प्रकाशित: १४ असोज २०८१ ७:०१ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast