 गृहमन्त्री रमेश लेखक
                             गृहमन्त्री रमेश लेखक 
                                            काठमाडौँ- गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन्।
आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए। ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ।’ उनले भने।
त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने बताए। ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ।’ उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन सँग जोड्छ।’
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। ‘दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निर्माणका लागि भारतले टेन्डर आह्वान गर्छ।’ गृहमन्त्री लेखकले भने, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 