नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने

हिमाल प्रेस ११ असोज २०८१ १७:२७ | Friday, September 27, 2024
नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने फाइल तस्बिर

काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार (आज) रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। निरन्तरको झरीपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर रात्रिकालीन सवारी चलाउन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

‘आज साँझ सात बजेदेखि भोलि बिहान पाँच बजेसम्मको समयमा सवारी चलाउन रोक लगाएका छौँ,’ उनले भने, ‘दिउँसो पहिरो झरिहाले पनि देखिन्छ, दुर्घटना भइहाले पनि थाहा हुन्छ। राति त केही थाहा हुँदैन। यहाँ राति नै ठूला दुर्घटना भइरहेका पनि छन्। त्यसैले हामीले आज राति सवारी चलाउन रोक लगाएका छौँ।’

काठमाडौँबाट चितवनतर्फ आउने रात्रिकालीन सवारीलाई मुग्लिनमै रोकिने यादवको भनाइ छ। यस्तै चितवनबाट काठमाडौँलगायत बाहिर जाने सवारीलाई रामनगर क्षेत्रमा रोकिने यादवले बताए।

दुवैतर्फ ट्राफिक व्यवस्थापनका लागि चितवन र मुग्लिन ट्राफिक प्रहरी तथा स्थानीयहरूसँग समन्वय गरिएको उनको भनाइ छ।

प्रकाशित: ११ असोज २०८१ १७:२७ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast