नयाँ शिक्षा ऐन शिक्षा सुधारमा केन्द्रित छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस २ असोज २०८१ १८:१२ | Wednesday, September 18, 2024
नयाँ शिक्षा ऐन शिक्षा सुधारमा केन्द्रित छ : शिक्षामन्त्री भट्टराई शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नयाँ शिक्षा ऐनमा शिक्षा क्षेत्रको सुधारलाई केन्द्रित गरेको बताएकी छन्।

शिक्षा पत्रकार समाजको चौथौ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनलाई छिटो अघि बढाउने तयारी भइरहेको र सोही ऐनका आधारमा शिक्षा क्षेत्रको सुधार गर्ने बताएकी हुन्। ऐनले भनेअनुसार काम गर्ने हो भने शिक्षामा लगानी बढाउनुपर्ने उनले बताइन्।

उनले ऐनलाई कार्यान्वयन गर्न सके शिक्षामा देखिएको विभेद पनि हट्ने विश्वास व्यक्त गरिन्। २०२८ सालको ऐनलाई विस्थापित गरेर समयानुकूल नयाँ शिक्षा ऐन बनाउनका लागि संसदीय समितिमा गम्भीररूपमा छलफल भइरहेको उनले बताइन्।

उक्त ऐनलाई समितिले प्रदेशमा पनि छलफल चलाउन लागेको जानकारी दिइन्। मन्त्री भट्टराईले समयमा नै ऐन बनाउन नसकिए शिक्षा क्षेत्रमा देखिएको बेथिति हटाउन नसकिने उल्लेख गरिन्।

कार्यक्रममा शिक्षा पत्रकार समाजले शिक्षा पत्रकारिता पुरस्कार वितरण गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो।

प्रकाशित: २ असोज २०८१ १८:१२ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast