नयाँ पोस्टरसहित ‘१२ गाउँ’ को र्‍याप गीत सार्वजनिक

हिमाल प्रेस २६ भदौ २०८१ १३:४८ | Wednesday, September 11, 2024
नयाँ पोस्टरसहित ‘१२ गाउँ’ को र्‍याप गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ को नयाँ पोस्टर भएको छ। फिल्मका मुख्य कलाकारको तस्बिरसहित नयाँ पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्कालगायत छन्।

साथै निर्माण टिमले फिल्मकाे गणेश भट्टकाे स्वरमा र्‍याप गीत पनि युट्युबमार्फत सार्वजनिक गरेकाे छ। गीतकाे भिडियाेमा मीनराज अर्याल र राेमन घिमिरेले अभिनय गरेका छन्।

विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म असोज २४ देखि देशैभर प्रदर्शन हुनेछ। विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

फिल्म स्टन्ट सिल्भा शंकर महर्जनको भारतीय द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविण केएल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ। काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मका छायाकार महेश पौडेल हुन्।

प्रकाशित: २६ भदौ २०८१ १३:४८ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast