नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाललाई प्रचण्डको सम्मान

हिमाल प्रेस १३ असोज २०८१ २०:३३ | Sunday, September 29, 2024
नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाललाई प्रचण्डको सम्मान

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन्। आज (शुक्रबार) तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले सम्मान गरेका हुन्।

तामाङले शनिबार ललितपुर महानगरपालिका(२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी छ वर्षीया मेघनालाई उद्धार गरेका थिए। खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गरेका थिए। उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ।

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिए। संकटको बेला नै बहादुरको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए।

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन्।

प्रकाशित: १३ असोज २०८१ २०:३३ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast