‘दुई वर्षपछि शेरबहादुर देउवा प्रधामन्त्री बन्नु हुन्छ’

हिमाल प्रेस २ असोज २०८१ १७:३७ | Wednesday, September 18, 2024
‘दुई वर्षपछि शेरबहादुर देउवा प्रधामन्त्री बन्नु हुन्छ’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा ‘नेपाली कांग्रेसको सय दिने विशेष अभियान’ का केन्द्रीय प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमालेसँग भएको साँतबुँदे समझदारीअनुसार पार्टी सभापति देउवा अबको दुई वर्षपछि सरकारको नेतृत्व गर्ने थापाले उल्लेख गरे।

‘सातबुँदे सहमतिको आधारमा एमालेसँग मिलेर सरकार बनेको छ। दुई वर्ष यो सरकार चलिसकेपछि सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्छ,’ उनले भने।

महामन्त्री थापाले एमालेसँग सातबुँदे समझादारी कार्यान्वयनका लागि कांग्रेस पूर्णप्रतिबद्ध रहेको बताए।

उनले भने,‘यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौँ। यसलाई इमानदारीका साथ पालन गर्नेमा हामी प्रतिबद्ध छौँ।’

थापाले एमालेसँग भएको सातबुँदे समझदारीबारे सय दिने अभियानका क्रममा जिल्ला र स्थानीय तहसम्म जानकारी गराउनुपर्नेमा जोड दिए। उनले संविधान संशोधन हुँदा समानुपातिक र समावेशिताको सुनश्चितताप्रति कांग्रेस सँधे सचेत रहेको प्रष्ट पारे।

प्रकाशित: २ असोज २०८१ १७:३७ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast