दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

हिमाल प्रेस २९ भदौ २०८१ १२:५५ | Saturday, September 14, 2024
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्। महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन्।तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुंगे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्।

लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८१ १२:५५ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast