धनुषा- जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’लाग्ने भएको छ। उद्योग वाणिज्य संघको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो। यसका लागि तयारी सुरु भइसकेको संघका निर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए।
उनले घटस्थापनाका दिनदेखि लाग्ने सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सरसमानदेखि विभिन्न समान सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ। अध्यक्ष भण्डारीले हाल आर्थिक मन्दी चलिरहेकाले यसपटक सामानको मूल्यवृद्धि नगरिएको बताए
प्रकाशित: ९ असोज २०८१ ७:१६ | Wednesday, September 25, 2024
प्रतिक्रिया




