दक्षिण भारतीय निर्देशक सामले सुरु गरे ‘बलिदान’ को एक्सन दृश्य छायांकन

हिमाल प्रेस ११ असोज २०८१ ९:५७ | Friday, September 27, 2024
दक्षिण भारतीय निर्देशक सामले सुरु गरे ‘बलिदान’ को एक्सन दृश्य छायांकन

इटहरी- नेपाली फिल्म ‘बलिदान’ काे एक्सन दृश्यको छायांकन सुरु भएको छ।

फिल्मका एक्सन दृश्य दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ। सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थंगलम’ जस्ता सफल फिल्ममा एक्सन निर्देशन गरिसकेका छन्।

यो फिल्मको छायांकन केही दिनदेखि नेपालका पूर्वीक्षेत्र इटहरी लगायतका स्थानमा भइरहेको छ। फिल्मका निर्देशक सन्तोष सेनका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य छायांकन भइरहेका छन्। समिर भट्टलगायतका कलाकारका दृश्य अहिले छायांकन भइरहेको छ। मुख्य भूमिकामा समिर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ।

फिल्मको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेकोविरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ। निर्देशक सेनका अनुसार ‘बलिदान’लाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउण्ड, क्यामेरालगायतका प्राविधिक सामग्री आयात गरिएको छ।

सेनले भने,‘कथामा नेपाली फिल्मले धेरै प्रगति गरिसकेको छ। अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने फिल्म बनाउन हामी विशेष ध्यान दिएका छौँ।’

आसुसेन फिल्म्स प्रालि र सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सहनिर्माताको भूमिकामा रहेका छन्।

प्रकाशित: ११ असोज २०८१ ९:५७ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast