तत्काल भुक्तानी नदिए आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

हिमाल प्रेस १० असोज २०८१ १६:०४ | Thursday, September 26, 2024
तत्काल भुक्तानी नदिए आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता भुक्तानी नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चाडपर्वका समयमा व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्नेमा राख्दै भुक्तानीको समस्या समयमा नै समाधान नभए तत्काल सशक्त आदोलनमा जान बाध्य हुने चेतावनी दिएको हो।

विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगाएतका आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिव ४५ अर्व रुपैँया रहेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको अवस्थामा समेत हाल बिनाबजेटका टेन्डर आह्वान भएबाट निर्माण उद्योगमा अझ प्रतिकूल अवस्था उत्पन्न भएको उनले बताए।

अध्यक्ष सिंहले यसअघि कुनै आर्थिक बर्षमा भुक्तानी बाँकी भए आर्थिक बर्षको अन्त्यमा दिन गरिएकोमा दुई आर्थिक बर्ष यता आर्थिक बर्षको अन्त्यमा पनि पूर्ण भुक्तानी हुन नसकेको धारणा राखे।

महासंघले समयमा नै भुक्तानी नहुदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकिएको र जसका कारण धेरै कानूनी जटिलता समेत उत्पन्न भएको जनाएको छ।

प्रकाशित: १० असोज २०८१ १६:०४ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast