‘डेनी डेन्जरस’ निर्देशन गर्दै निश्चल

हिमाल प्रेस २७ भदौ २०८१ ११:१७ | Thursday, September 12, 2024
‘डेनी डेन्जरस’ निर्देशन गर्दै निश्चल

काठमाडौँ- निश्चल बस्नेतले ‘डेनी डेन्जरस’ निर्देशन गर्ने भएका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको घोषणा गरेका हुन्।

निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म सन् २०२५ मा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। रगतले रंगिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ। पोस्टरअनुसार फिल्म ग्याङ्स्टर कथामा बन्न लागेको अनुमान गर्न सकिन्छ।

कलाकारको नाम छिटै सार्वजनिक गर्ने उनको तयारी छ। फिल्मको छायांकन तिहारपछि सुरु गरिने निर्माण टिमले जनाएको छ।

यो निश्चलको पाँचाै निर्देशन हो। ६ वर्षपछि ‘दिमाग खराब’ निर्देशन गरेका थिए। जुन गतवर्षको चर्चित फिल्ममध्ये एक हो। यतिबेला उनी आगामी असोज १७ मा प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रेम मेघौली’ को प्रचारप्रसारमा व्यस्त छन्। फिल्ममा उनी मुख्य भूमिकामा छन्।

प्रकाशित: २७ भदौ २०८१ ११:१७ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast