ट्रेन्डिङमा मन्दिराको पहिलो गीत ‘मन चाहिन्छ शुद्ध’

हिमाल प्रेस १४ असोज २०८१ १४:१० | Monday, September 30, 2024
ट्रेन्डिङमा मन्दिराको पहिलो गीत ‘मन चाहिन्छ शुद्ध’

काठमाडौँ- मन्दिरा थापा मगरको पहिलो गीत ‘मन चाहिन्छ शुद्ध’ यतिबेला युट्युबको ट्रेन्डिङ ८ मा उक्लेको छ। सोमबार दिउँसोसम्म गीतले साढे आठ लाखभन्दा बढी भ्युज पाएको छ। अधिकांश दर्शकले दृष्टिविहीन मन्दिराको स्वरको प्रशंसा गरेका छन्।  १६ सयभन्दा बढी दर्शकले कमेन्टमार्फत मन्दिरालाई सफलताको शुभकामना दिएका छन्। गीत टिकटकमा समेत चर्चित बनेको छ।

गीतमा हेमन्त कान्छा रसाइली र मन्दिराको स्वर छ। राजकुमार बगरको शब्द रहेको गीतमा गायक हेमन्तले नै संगीत भरेका छन्। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रेम कथामा आधारित गीत मिराज अर्यालको छायांकन र सम्पादनमा बनेको छ। गीतको बाँसुरीमा रत्न विक, सारङ्गीमा गायक तथा संगीतकार हेमन्त छन्। गीत हेमन्त कान्छा रसाइलीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्ताे छ गीत

 

प्रकाशित: १४ असोज २०८१ १४:१० | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast