झ्याप्ले खोला पहिरोबाट थप ३ जनाको शव निकालियो

हिमाल प्रेस १३ असोज २०८१ १०:३४ | Sunday, September 29, 2024
झ्याप्ले खोला पहिरोबाट थप ३ जनाको शव निकालियो शव निकाल्दै सुरक्षाकर्मीहरू

काठमाडौँ- नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट थप तीन शव निकालिएको छ। सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा बसको आधा भाग देखिएको छ।

उक्त बस गोरखाबाट आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

पहिरोमा बस पुरिएको देखिएपछि आइतबार बिहान सुरक्षाकर्मी परिचालन गरिएका थिए।  यही ठाउँमा शनिबार लु १ ज ४५७८ नम्बरको माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो। पहिरो पन्छाएर बस निकाल्दा १४ यात्रु मृत अवस्थामा भेटिएका थिए।

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बसबाट धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोला पहिरोमा पुरिएको थियो। बसमा कति जना यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन।

प्रकाशित: १३ असोज २०८१ १०:३४ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast