झ्याप्ले खोलामा पहिरोले पुरिएको बसबाट १४ शव निकालियो

हिमाल प्रेस १२ असोज २०८१ २१:०६ | Saturday, September 28, 2024
झ्याप्ले खोलामा पहिरोले पुरिएको बसबाट १४ शव निकालियो

काठमाडौँ- धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ। लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ।

प्रकाशित: १२ असोज २०८१ २१:०६ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast