‘झिल्को’ को फस्ट लुक सार्वजनिक, पुस ५ मा प्रदर्शन

हिमाल प्रेस १३ असोज २०८१ १३:५१ | Sunday, September 29, 2024
‘झिल्को’ को फस्ट लुक सार्वजनिक, पुस ५ मा प्रदर्शन

काठमाडौँ- निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्म ‘झिल्को’ को फस्ट लुक सार्वजनिक गरिएको छ। फिल्म पुस ५ गतेदेखि प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। पोस्टरमा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललाई देख्न सकिन्छ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा बनेको बताए। उनका अनुसार फिल्म मोबाइलको दुरुपयोगले बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावमा आधारित छ। ‘आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रमा दिने प्रयास गरेका छौँ’, निर्देशक भट्टराईले भने।

फिल्म भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको छ। यसअघि निर्देशक भट्टराईले सती प्रथाको कथामा ‘झोला’ र दाइजोविरोधी फिल्म ‘भोर’ बनाएका थिए।

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्म दीपक बज्राचार्यको छायांकन, निमेश श्रेष्ठको सम्पादन, आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीतमा बनेको छ।

प्रकाशित: १३ असोज २०८१ १३:५१ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast