झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८१ १९:१४ | Monday, September 30, 2024
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर (झापा)- विर्तामोड नगरपालिका-१०, ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ।

आइतबार राति विर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज (सोमबार) बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असोज २०८१ १९:१४ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast