ज्ञानेन्द्र शाही भन्छन् : संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ

हिमाल प्रेस २५ भदौ २०८१ १५:२१ | Tuesday, September 10, 2024
ज्ञानेन्द्र शाही भन्छन् : संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न चुनौती दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले कांग्रेस र एमालेको दुई तिहाइ बहुमत भएकाले संविधान संशोधन गर्न र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन्।

उनले अमेरिकामा ७ लाख नेपाली रहेपनि झन्डै ४ लाख ३ वटा राज्य टेक्सस, कोलोराडो र क्यालिफोनिर्यामा बस्ने गरेको र नेपाली दूतावास वासिङ्टन डिसीमा हुँदा उनीहरूलाई समस्या भएको बताए।

क्यालिफोनिर्यायाबाट डिसी ४५ सय किलोमिटर टाढा रहेको बताउँदै त्यस्ता ठाउँमा कन्सुलर अफिस राख्न आग्रह गरे।

‘नेपालमा त तपाईँहरूले दुःख दिनु भयो दिनुभयो, उद्योग बेच्नुभयो, कलकारखाना बेच्नुभयो, हत्या गर्नुभयो, हिंसा गर्नुभयो, सडकमा आन्दोलन गर्नुभयो, व्यवसाय ठप्पै पार्नुभयो,’ उनले भने, ‘एकअर्कामा नेपालीलाई मारेर युवाहरूलाई रोजगारी नदिएर विदेशमा पठाउनुभयो, तर त्यो विदेशमा पनि तपाईँहरूले सुख दिनुभएको छैन। एउटा कन्सुलरका लागि २ जना कर्मचारी भए पुग्छ, त्यति पनि व्यवस्था गर्न सकेको छैन।’

उनले प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसंघको महासभामा गएका वेला कन्सुलर कार्यालय राखेर आउन आग्रह गरे।

प्रकाशित: २५ भदौ २०८१ १५:२१ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast