जापानमा औपचारिकरूपमा नेपाली श्रमिक चाँडै पठाउँछौँ : श्रममन्त्री

हिमाल प्रेस ४ असोज २०८१ २०:२४ | Friday, September 20, 2024
जापानमा औपचारिकरूपमा नेपाली श्रमिक चाँडै पठाउँछौँ : श्रममन्त्री शरद्सिंह भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताएका छन्।

टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल-जापान रोजगार सम्मेलन’मा उनले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताए।

उनले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रिपूर्ण सम्बन्ध रहिआएको स्मरण गर्दै जापान नेपालीको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

टोकियोमा रहँदा श्रममन्त्री भण्डारीसमक्ष जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी द्विपक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ असोज २०८१ २०:२४ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast