जाजरकोटको विद्यालयलाई जापानी सहयोग

हिमाल प्रेस २७ भदौ २०८१ १५:२९ | Thursday, September 12, 2024
जाजरकोटको विद्यालयलाई जापानी सहयोग

काठमाडौँ- जापान सरकारले जाजरकोटको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ। नेपालका लागि जापानी राजदूत किकुता युताका र भोलिन्टियर कप्र्स नेपालका अध्यक्ष दीपक चापागाईँले सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेको जापानी दूतावासले जनाएको छ।

सहयोग रकम जापानको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टेले उपलब्ध गराएको हो। सहयोगको राशि दुई करोड ७० लाख रुपैयाँ रहेको छ। उक्त विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत छन्।

सहयोग रकमले १२ वटा कक्षाकोठाका लागि दुईवटा भवन बनाइने विज्ञप्तिमा उल्लेख छ। भूकम्पपछि पुनर्निर्माण भइरहेको जाजरकोटमा यस्ता सहयोगले त्यहाँको शैक्षिक विकासमा सुधार हुने अपेक्षा दूतावासले लिएको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो सहयोगले जापानका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउनेछ।’

प्रकाशित: २७ भदौ २०८१ १५:२९ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast