चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

हिमाल प्रेस ३० भदौ २०८१ १९:४६ | Sunday, September 15, 2024
चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला प्रतिनिधिमूलक तस्बिर

उदयपुर- उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जंगलमा मृत फेला परेका छन्। त्रियुगा नगरपालिका-४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाइँका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए। राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भदौ २०८१ १९:४६ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast