घर भत्काउने क्रममा च्यापिएर ज्यान गयो

हिमाल प्रेस २९ भदौ २०८१ १६:४३ | Saturday, September 14, 2024
घर भत्काउने क्रममा च्यापिएर ज्यान गयो तस्बिर : रासस

बागलुङ– बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घरधनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए। विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौँ महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन-४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन-१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका-१ की ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन्। उनीहरूलाई उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको थियो। रासस

प्रकाशित: २९ भदौ २०८१ १६:४३ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast