घट्यो सुनको भाउ

हिमाल प्रेस २ असोज २०८१ १०:४९ | Wednesday, September 18, 2024
घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ। मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य आज (बुधबार) थप तीन सय रुपैयाँ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। गएको भदौ अन्तिम दिन (३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलाको १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित: २ असोज २०८१ १०:४९ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast