गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमाल प्रेस २९ भदौ २०८१ २०:२८ | Saturday, September 14, 2024
गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन- नारायणगढ-मुग्लिन सडकमा आज सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार भरतपुर महानगरपालिका–१ पानीट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गुडिरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नंको ‘पिकअप गाडी’ लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नंको बसले ठक्कर दिएको थियो। बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए।

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २९ भदौ २०८१ २०:२८ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast