गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

हिमाल प्रेस ९ असोज २०८१ ११:२४ | Wednesday, September 25, 2024
गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

पर्वत- आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ। गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ।

चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए। अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन्।

प्रकाशित: ९ असोज २०८१ ११:२४ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast