विद्यालय
सप्तरी- तराई–मधेशमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गतका विद्यालयमा बिदा दिइएको छ। नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ। साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ।
कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए।
प्रकाशित: ८ असोज २०८१ १४:५३
प्रतिक्रिया




