खोलाले बगाउँदा युवतीको मृत्यु

हिमाल प्रेस १३ असोज २०८१ ११:०५ | Sunday, September 29, 2024
खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर- जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो।

हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए।

प्रकाशित: १३ असोज २०८१ ११:०५ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast