 काठमाडौँ महानगर
                             काठमाडौँ महानगर 
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे सूचना जारी गरेको छ। काठमाडौँ महानगरका मेयर बालेन शाहले खुद्रा तथा थोक बिक्रेतालाई मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न सूचित गरेका छन्।
त्यस्तै अंकित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न पनि भनेका छन्। उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि निर्देशन दिएका छन्
‘अनुगमनका क्रममामाथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ। साथै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्नुहुन अनुरोध गरिन्छ,’ मेयर बालेनले भनेका छन्।
केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न पनि उनको आग्रह छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 