कोशी सरकारमा कांग्रेस सहभागी, कसलाई कुन मन्त्रालय?

हिमाल प्रेस २८ भदौ २०८१ १२:०० | Friday, September 13, 2024
कोशी सरकारमा कांग्रेस सहभागी, कसलाई कुन मन्त्रालय?

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ। प्रदेशसभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

कृष्णप्रसाद सिटौला पक्षका राई भौतिक पूर्वाधार र भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्। खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बनेका छन्।

हाङ्गाम शेरबहादुर देउवा र मण्डल संस्थापन ज्ञानेन्द्र कार्की निकटका हुन्। कांग्रेस सरकारमा सहभागी भएपछि कोशीमा मन्त्रीको संख्या दश पुगेको छ।

केन्द्रीय सत्ता समीकरण परिवर्तन नेकपा एमालेसँग सत्ता साझेदार गरेको नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले गत साउन १२ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: २८ भदौ २०८१ १२:०० | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast