कोशी : निर्विरोध निर्वाचित विषयगत समिति सभापतिहरूले लिए शपथ

हिमाल प्रेस २८ भदौ २०८१ १९:३८ | Friday, September 13, 2024
कोशी : निर्विरोध निर्वाचित विषयगत समिति सभापतिहरूले लिए शपथ

काठमाडौँ- कोशी प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा निर्विरोध निर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्राकृतिक स्रोत तथा पूर्वाधार समिति सभापति होमबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण समितिका रामदेव यादव, न्याय प्रशासन तथा विधायन समितिकी कमला दर्नाल, अर्थ समितिका विनोद राई, सामाजिक विकास समितिका गयानन्द मण्डल गनगाई, सुशासन तथा योजना समितिकी खगेश्वरी पौड्याल, सार्वजनिक लेखा समिति सभापति राजन किराँतीले शपथ लिएका हुन्।

विभिन्न सातवटा विषयगत समितिका लागि भएको निर्वाचनमा उनीहरू निर्विरोध निर्वाचित भएका थिए।

नेकपा एमाले र नेपाली कांग्रेस बीच ३र३ वटा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समितिको सभापति दिने सहमति बने अनुसार उम्मेदवारी दिइएकोले निर्विरोध भएको हो।

करिब १० महिनापछि कोशी प्रदेश सभाको सात वटा विभिन्न विषयगत समितिहरूले नेतृत्व पाएका हुन्।

प्रकाशित: २८ भदौ २०८१ १९:३८ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast